रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ।
आइतबार सम्पन्न स्थानीय तहको उपनिर्वानको जारी मतगणनामा कांग्रेसका मोतिराम खत्रीले अग्रता लिएका छन्।
यहाँ जम्मा ११४६ मत खसेको थियो। हालसम्म गणना भएको मत ६०१ मध्ये खत्रीले ३२९ मत प्राप्त गरी अग्रता लिएका हुन्।
यस्तै, नेकपा माओवादी केन्द्रका जसिराम खत्रीले २५४ मत प्राप्त गरेका छन् भने १८ मत बदर भएको छ।
सानीभेरी गाउँपालिका-५ को वडाध्यक्षमा एक स्वतन्त्रसहित चार चुनावी मैदानमा छन्। जसमा नेकपा माओवादीबाट जसिराम बस्नेत, नेपाली कांग्रेसबाट नेकपा एमालेबाट हम्सराज पुरी, स्वतन्त्र उम्मेदवार वीरबहादुर बस्नेत छन्।