ओखलढुंगाको मोलुङ-५ मा मतगणना केहीबेर रोकिएर पुनः सुरू भएको छ।
कांग्रेसका प्रतिनिधिहरूले सदर र बदर मतबारे विवाद झिकेपछि मतगणना केहीबेर रोकिएको गाउँपालिका अध्यक्ष उत्तमकुमार राइले जानकारी दिए।
'कांग्रेसका प्रतिनिधिहरू केही बेर बाहिर निस्केका थिए। अहिले फेरि सुरू भयो,' उनले भने।
हालसम्म ३ सय मत गन्दा एमालेका गंगाबहादुर तामाङले १५३ मत पाएका छन् भने कांग्रेसका घनश्याम दाहालले ७० मत पाएका छन्।
यो वडा यसअघि कांग्रेसले जितेको थियो।