ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडा नम्बर ५ वडाध्यक्षको मतगणनामा नेकपा एमालेले अग्रता लिएको छ।
आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानपछि गरिएको मतगणनामा नेकपा एमालेका गंगा तामाङले अग्रता लिएका हुन्।
उनले १५३ मत पाउँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका घनश्याम दाहालले ७० मत पाए।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णु पोखरेल तेस्रो स्थानमा छन्। उनले ५८ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका मानबहादुर सुनुवारले ८ मत पाएका छन्।
यहाँ ७६८ मत खसेको छ भने। पछिल्लो अपडेट अनुसार ३०० मत गणना गरिसकेको छ।
यसअघि सो वडामा नेपाली कांग्रेसका गोपीकृष्ण कार्कीले ३८४ मत पाएर विजयी भएका थिए। एमालेका गोपाल हमालले ३७० मत पाएका थिए।