निर्वाचन आयोगले ६ जना उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगले ६ जनालाई स्पष्टीकरण सोधेको आयोग प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
कीर्तिपुर नगरपालिका प्रमुख पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान महर्जनलाई स्पष्टीकरण सोधिएको हो।
आयोगले बिहीबार काठमाडौंका दुई वटा निर्वाचन क्षेत्रमा छुट्टाछुट्टै अनुगमन टोली खटाएको थियो। उक्त टोलीले उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधिएको हो।
काठमाडौंको वडा नम्बर १६ मा पनि वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रोजिना श्रेष्ठ, एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धर, स्वतन्त्र उम्मदेवार पशुपति कठायत, स्वतन्त्र उम्मेदवार सम शाक्यलाई पनि स्पष्टीकरण सोधिएको आयोगकी प्रवक्ता अर्यालको भनाइ छ।
मंसिर १६ गते यहाँ उपनिर्वाचन हुँदैछ।