प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेगरी प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूलाई छलफलमा बोलाएका हुन्।
बैठक बिहान ११ बजे बस्ने प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्।
चीन भ्रमणबारे द्विपक्षीय सम्झौता हुने विषयहरूमा छलफल र सुझावका लागि प्रधानमन्त्री ओलीले पूर्वप्रधामन्त्रीहरूलाई बोलाएका हुन्।