सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको कार्यकारी निर्देशकमा विनोदप्रकाश पण्डित नियुक्त भएका छन्।
कार्यकारी निर्देशक पण्डितले आइतबार कार्यभार पनि सम्हालिसकेका छन्।
नगर विकास कोष कार्यकारी निर्देशक छनोट समितिले चितवनका पण्डितको नाम सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा पण्डित नियुक्त भएका हुन्।
पण्डित नेपाल इन्जिनियर्स एशोसिएसनका महासचिव पनि हुन्।