प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन्।
सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन्।
अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएका हुन्। पूर्वसचिव रहेका अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए।
गत असार १७ गते सचिव नियुक्त भए पनि घिमिरे सचिवको जिम्मेवारीमा रमाउन सकेका थिएनन्।