राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहमा उम्मेदवारी दिएको ठाउँमा चुनावी कार्यक्रम गर्ने भएको छ।
आज बसेको केन्द्रीय समिति बैठकले रास्वपाले मंसिर ८ र ९ गते आफूले उम्मेदवारी दिएको ठाउँमा प्रदर्शन गर्ने र प्रदर्शनमा सभापति रवि लामिछानेको मुद्दालाई समेट्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले बताए।
‘उम्मेदवारी दिएको ठाउँमा कार्यक्रम गर्ने र कार्यक्रममा सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्नको लागि पक्राउ गरिएको विषयलाई उठाउने छौं,’ कार्यवाहक प्रवक्ता मनीष झाले भने।
यसैगरी, रास्वपाले सडक आन्दोलनभन्दा पनि सामाजिक आन्दोलन गर्ने झाले बताए।
‘सडक आन्दोलन हाम्रो चरित्र होइन, त्यसैले हामी सामाजिक आन्दोलन गर्नेछौं,’ उनले भने।