दैलेखको दुल्लु नगरपालिका–१३ मा वडाध्यक्ष पदका लागि ६ जनाले मनोनयत दर्ता गराएका छन्।
उक्त पदका लागि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लका अनुसार एमालेबाट लालबहादुर शाही, कांग्रेसबाट शेरबहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, राप्रपाबाट रेशम शाही, रास्वपाबाट रामबहादुर शाही र नेमकिपाबाट पूणर्प्रसाद उपाध्यायले मनोनयन दर्ता गराएका हुन्।
यसअघिका वडाध्यक्ष बिर्खबहादुर शाहीको गत माघमा ब्रेनट्युमरका कारण मृत्यु भएको थियो। २०७९ मा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।