जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर पदमा तीन दलले मनोनयन दर्ता गराएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा नेपालका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।
उपमेयर पदका लागि नेपाली कांग्रेसबाट ईन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा र राप्रपा नेपालबाट सुनिता पुन रावलले मनोनयन दर्ता गराएका हुन्।
यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी सरिता सिंहको गत वर्षको भूकम्पमा परी मृत्यु भएको थियो।
अहिलेको उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेकी ईन्द्रा सरिताकी भाईबुहारी हुन्।