कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले मनोनयन दर्ता गराएका छन्।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा माओवादीको तर्फबाट महर्जनले उम्मेदवारी दर्ता गराएका हुन्।
यस्तै माओवादीकै नारायण विष्टलेले वडा नम्बर ४ मा उम्मेदवारी दिएका छन्। माओवादीले वडा नम्बर १ मा अष्टमान महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।
तर जनता समाजवादी पार्टीका सरल गोपाल महर्जनलाई वडा नम्बर १मा उम्मेदवार बनाउने निर्णय गरेको हो।
कीर्तिपुरमा नेकपा एकीकृत समाजवादीले पनि माओवादीकै उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ।