नेपाली कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि उम्मेदवार टुंगो लगाएको छ।
कांग्रेसको बागमती प्रदेश संसदीय समितिको बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका नगरपालिकाको मेयरमा कृष्णमान डंगोललाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको हो।
डंगोल करिब १५ वर्षदेखि कीर्तिपुर कांग्रेस नगर समिति सभापति छन्।
कीर्तिपुरको मेयरका लागि अरू दलहरूले यसअघि नै उम्मेदवार घोषणा गरिसकेका छन्।
नेकपा (एमाले) ले सुरेन्द्र मानन्धरलाई, नेकपा (माओवादी केन्द्र) ले शिवशरण महर्जनलाई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ध्रुव महर्जनलाई उम्मेदवार उठाउने निर्णय गरिसकेका छन्।
कांग्रेसले मनोनयन दर्ताको अघिल्लो दिन उम्मेदवार टुंग्याएको हो।
कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन हुने लागेको हो।
उपनिर्वाचनका लागि भोलि (आइतबार) उम्मेदवारी दर्ता हुनेछ।