नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा सोमबार बिहान ९ बजेपछि बैठक सुरू भएको उपाध्यक्ष एबम् प्रवक्ता अग्नि सामकोटाले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने बताइएको छ।
सरकारको कार्यशैलीबारे माओवादी केन्द्रले देशभरका स्थानीय तहबाट खबरदारी गर्ने तयारी गरेको छ। आजको बैठकमा त्यसबारे पनि छलफल हुने बताइएको छ।
त्यस्तै मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनबारे पनि बैठकमा छलफल हुनेछ।