इजरायलका लागि नेपाली राजदूतमा धनप्रसाद पण्डित नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पण्डितलाई बुधबार इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्का अधिकारीले जानकारी दिइन्।
गत भदौमा पण्डितको संसदीय सुनुवाइ भएको थियो। त्यसक्रममा बोल्दै उनले प्यालेस्टाइनलाई बाँच्न दिनुपर्ने टिप्पणी गरेका थिए।
यो पनि: इसराइलका लागि राजदूत सिफारिस भएका पण्डित भन्छन् - प्यालेस्टाइनलाई बाँच्न दिनुपर्छ