प्रतिनिधि सभा अन्तर्गत सार्वजनिक लेखा समितिको बैठक सुरू भएको छ।
आइतबार दिउँसो काठमाडौंको सिंहदरबारस्थित संसद सचिवालयमा उक्त बैठक सुरू भएको हो।
सार्वजनिक लेखा समितिमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महशुल सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ।
पछिल्लो समय डेडिकेटेड फिडर तथा ट्रंक लाइनको बक्यौता महशुलसम्बन्धमा नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायीबीच विवाद रहँदै आएको छ।
तस्बिरहरू: