राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा बयान दिन पुगेका छन्।
समितले सोधपुछका लागि बोलाएपछि सभापति लामिछाने दिउँसो ४ बजेपछि सिंहदरबारस्थित संघीय संसद सचिवालय पुगेका हुन्। यसअघि समितिले उनलाई दिउँसो २ बजे उपस्थित हुन भनेको थियो।
उनी अघि पुगेका छबिलाल जोशीसँगको सोधपुछ लम्बिएपछि रवि लामिछानेसँगको सोधपुछ केही ढिला भएको हो।
सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो। उनी विभिन्न कागजात बोकेर समितिमा उपस्थित भएका छन्।
विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि समितिले उनीहरूलाई बोलाएर सोधपुछ गरिरहेको छ।
समितिको ४२ औं बैठकमा गोरखा मिडिया प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालकसमेत रहेका रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यसँग सोधपुछ गरेको थियो।
बिहीबार नै तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ् कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेलसँग पनि सोधपुछ गरिएको थियो।
तस्बिरहरूः
-ink-1724409786.jpeg)
-ink-1724409786.jpeg)
-ink-1724409786.jpeg)
-ink-1724409787.jpeg)
-ink-1724409785.jpeg)
-ink-1724409788.jpeg)
-ink-1724409788.jpeg)
-ink-1724409788.jpeg)
-ink-1724409788.jpeg)
-ink-1724409787.jpeg)
-ink-1724409787.jpeg)
-ink-1724409787.jpeg)
-ink-1724409785.jpeg)
-ink-1724409785.jpeg)
-ink-1724409785.jpeg)
-ink-1724409784.jpeg)
-ink-1724409784.jpeg)
-ink-1724409784.jpeg)
-ink-1724409784.jpeg)
-ink-1724409783.jpeg)
-ink-1724409783.jpeg)