काठमाडौंको त्रिभुवन विश्वविद्यालयमा सात वटा विद्यार्थी संगठनले प्रदर्शन गरेका छन्।
शुक्रबार विश्वविद्यालयको उपकुलपति कार्यालयअगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।
विश्वविद्यालयमा राज्य संरक्षित आतंक भएको र राजनीतिक हस्तक्षेप बन्द गर्न माग गर्दै प्रदर्शन भएको हो। विद्यार्थीहरूले प्रदर्शन गरेपछि उपकुलपति कार्यालयमा प्रहरीको सुरक्षा घेरा राखिएको थियो।
नेकपा (माओवादी केन्द्र) को भ्रातृ संगठन अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन अनेरास्ववियू, विप्लवनिकट अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन नेपाल, नेपाल अखिल समाजवादी विद्यार्थी, अखिल (छैठौं) र अखिल नेपाल विद्यार्थी युनियनले प्रदर्शन गरेको हो।
समाजशास्त्र विभागीय प्रमुखमा अहिले सत्तारूढ दुई दलबीच तानातानको अवस्था छ। नेपाली कांग्रेसनिकट विद्यार्थी समूह र एमालेनिकट विद्यार्थी समूहले आफ्नो मान्छेलाई विभागीय प्रमुख बनाउनुपर्ने भन्दै लिबङ र दबाब दिँदै आएका छन्।
यसैबीच सुरक्षाको थ्रेट समेत हुनसक्ने भन्दै उपकुलपति, रजिस्ट्रार र रेक्टर अनुपस्थित रहँदै आएका थिए। त्यसैबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी सहकुलपति विद्या भट्टराईले गृहमन्त्री रमेश लेखकसँग सुरक्षाको प्रबन्ध मिलाइदिन सार्वजनिक अपिल गरेकी थिइन्।
जसपछि प्रतिपक्षी दलनिकट विद्यार्थी संगठनहरूले प्रदर्शन गरेका हुन्।
तस्बिरहरू: