संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई हस्तान्तरण गरिएको छ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादित विषयलाई हल खोज्न गठन गरिएको कार्यदलले बुधबार सिंहदरबारमा तीन दलका शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो।
कार्यदलमा गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा (एमाले) का मुख्यसचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा थिए।
उनीहरूले पटकपटक छलफल गरी संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा रहेका विवादित विषयको समाधान खोजेका थिए।
यो पनि: संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरूबीच जुट्यो सहमति