नेपाली कांग्रेसले सानेपास्थित केन्द्रीय कार्यालयमा पुस्तकालय सञ्चालनमा ल्याएको छ।
बिपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा सभापति शेरबहादुर देउवाले आइतबार पुस्तकालय उद्घाटन गरेका हुन्।
कांग्रेसले ऐतिहासिक दस्ताबेज र पुस्तकहरू पुस्तकालयमा राखेको छ।
कांग्रेसले करिब ७० लाख रुपैयाँमा पुस्तकालय तयार पारेको हो। पुस्तकालय केन्द्रीय कार्यालय भवनभित्रै छ।
तस्बिरहरू: