नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन्।
शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूले आ-आफूले पाएका मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओली सँगै २ उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरूले राष्ट्रपतिबाट शपथ लिएका थिए।
सोमबार राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेलसहित २२ जनाले शपथ ग्रहण गरेका थिए।
तस्बिरहरू: