नेकपा (एकीकृत समाजवादी) ले ९३ सदस्यीय केन्द्रीय कमिटी टुंगो लगाएको छ।
दसौं महाधिवेशनमा सर्वसम्मत ढंगले नेतृत्व छानिरहेको एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिव सहित ९३ जना केन्द्रीय सदस्य टुंग्याएको हो।
एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाल बिहीबार नै सर्वसम्मत भएका थिए।
शुक्रबार ९३ सदस्य मात्रै टुंगो लगाइएको एक नेताले बताए। एकीकृत समाजवादीमा २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने यसअघि नै निर्णय भएको थियो।
यसअघि पोलिटव्यूरोमा रहेकाहरूलाई केन्द्रीय समितिमा राखिएको छ। बाँकी केन्द्रीय सदस्यहरू सहमति गरी टुंग्याउने तयारी गरेको अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले बताए।
हेर्नुहोस् सूची