नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले कम्युनिष्टहरुको बीचमा एकता हुन आवश्यक रहेको बताएका छन्।
शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले कम्युनिष्ट कम्युनिष्टहरुको बीचमा एकता नभइ देश समृद्ध बन्न नसक्ने बताउँदै एकता अपरिहार्य रहेको बताएका हुन्।
‘फुटेर होइन जुटेर । हामी मिल्नसके देश अघि बढ्नसक्छ । हामी मिल्न नसके यो देश बर्बाद हुन्छ । जतिसुकै ठूला चुनौति भएपनि हामी नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने संसारका कुनैपनि तागतले केही गर्न सक्दैन,’ उनले भने।
उनले देशको राजनीति र विशेषताले पनि देशमा भएका सबै राजनीतिक दलहरु मिल्नुपर्ने देखाएको बताए।
‘कम्युनिष्ट मात्रै होइन, हामी काँग्रेससँग मिलेर नै यति ठूलो उपलब्धि प्राप्त गर्न सकेका छौँ । हाम्रो देशको राजनीति र विशेषताले के भन्छ भने नेपालका राजनीतिक पार्टीहरु धेरै भन्दा धेरै मिलेरै काम गर्नुपर्छ। किनभने हाम्रो देशको जुन भूराजनीतिक अवस्था छ । देशलाई अघि बढाउने सबैभन्दा पहिलो कुरा हो नेपाली जनताबीचको एकता, यो देशका राजनीतिक पार्टीहरु बीचको एकता, लोकतान्त्रिक पार्टीहरु बीचको एकता,’ उनले भने।
उनले नेपाली जनता, राजनीतिक पार्टी, कम्युनिष्टहरु एकतावद्ध भएर जाने हो भने संसारका कुनैपनि तागतले केही गर्न नसक्ने बताए। (न्युज एजेन्सी नेपालबाट)