नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै गौतमले उनले कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने बताएका हुन्।
‘कमसेकम कम्युनिष्ट पार्टीले हामी एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्यो। हामी एकता गर्छौं। नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुको बीचमा एकता हुनैपर्छ। त्यही कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेको छ,’ उनले भने।
उनले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने पनि बताए। जमिन उत्पादनको साधनको सबैभन्दा मुल यन्त्र भएकाले आफूसँग नलिकन समाजवाद स्थापना नसकिने बताए।
उहाँले कम्युनिष्टहरुको एकताको लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिवद्धता पनि व्यक्त गरे। (न्युज एजेन्सी नेपालबाट)