नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह स्वदेश फर्किएका छन्।
स्वास्थ्य उपचारका लागि करिब एक महिनादेखि सिंह भारतमा थिए।
प्रतिनिधि सभा सांसदसमेत रहेका सिंह शुक्रबार स्वदेश फर्किएको उनका स्वकीय सचिव यूपी लामिछानेले जानकारी दिए।
उनकाअनुसार सिंह केही दिन स्वास्थ्यलाभ गरेपछि नियमित काममा सक्रिय रहनेछन्।
सिंहको भारतको नयाँदिल्लीस्थित फोर्टिस अस्पतालमा गत जेठमा शल्यक्रिया गरिएको थियो।
प्रोस्टेटसम्बन्धी समस्या देखिएपछि सिंहको जेठ २१ गते शल्यक्रिया गरिएको थियो।
यो पनि: कांग्रेस नेता प्रकाशमान सिंह बिरामी, दिल्लीमा उपचार जारी