भ्रष्टाचारको मुद्दा दायर भएसँगै मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेका छन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। दायर भएसँगै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वत: निलम्बनमा परेका हुन्।
कुनै राष्ट्रसेवक थुनामा रहेकोमा अवधिभर र उनीमाथि मुद्दा दायर भएमा त्यस्तो राष्ट्रसेवक सो मुद्दा किनारा नभएसम्म स्वत: निलम्बनमा रहने उल्लेख छ।
यही व्यवस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ दफा १७ मा समेत उल्लेख छ।
यसरी निलम्बनमा पर्ने व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन।
मुख्यसचिव अर्यालविरूद्ध अन्त शुल्क खरिद गर्दा अनियमितता गरेको आरोप छ।
उनी २०८० जेठ ३२ गते बसेको मन्त्रिपरिषदको निर्णयबाट मुख्यसचिव भएका थिए।
यो पनि: मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा