नेकपा एमाले सांसद गोकुल बाँस्कोटा यसपालिको बजेटप्रति आक्रामक भएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यो बजेट एउटा पार्टीको जस्तो भएको भन्दै आक्रोश व्यक्त गरे।
'अर्थमन्त्रीले भन्नुभयो छलाङ हानिन्छ। शीर्षक र विनियोजित रकम हेर्छु, छलाङ त्यतै हानिएको छ जता डाडुपन्युँ छ,' उनले भने, 'के यो पन्ध्रौं पञ्चवर्षीय योजनाका अधुरा कामहरू पूरा गर्ने गरी आयो? के सोह्रौं पञ्चवर्षीय कार्यक्रमका लक्ष्यभेदन गर्ने गरी आयो?'
उनले शीर्षक भएको तर बजेट नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।
'यो बजेट एउटा पार्टीको जस्तो छ, सत्ता समीकरणको छनक छैन। तीतो लागे लागोस्, सत्य यही हो,' उनले भने, 'भेट्न पाइएन। कुरा गर्न पाइएन। बजेट त लक हुन्छ नै, मन्त्रालयका ढोका पनि लक भए। दुश्मनै त होइन होला हामी पनि। गजब गजब देखियो।'
हेर्नुहोस् उनले के भनेः