मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत पार्टीबाट नियुक्त भएका मुख्यमन्त्री सतिशकुमार सिंहलाई सपथ गराएकी हुन्।
मुख्यमन्त्रीसँगै मन्त्रीहरूले शुक्रबार शपथ लिएका हुन्।
नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ र युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री नियुक्त भएका छन्।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पुर्वाधार विकास, राजकुमार लेखीलाई शिक्षा तथा संस्कृति, शत्रुधन प्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या र प्रमोद जयसवाल खेलकुद तथा समाजकल्याण मन्त्री नियुक्त भएका हुन्।
एमालेकी शारदा देवी थापा शिक्षा र केशव राय स्वास्थ्य राज्यमन्त्री बनेका छन्।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमी व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली उर्जा सिँचाई तथा खानेपानी मन्त्री नियुक्त भएकी छन्।
नेपाल संघीय समाजवादी पार्टीकी एकल सांसद रहेकी विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री र नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात मन्त्री बनेकी छन्।
जनमत पार्टीकी रञ्जु मण्डल खंग विना विभागीय राज्यमन्त्री नियक्त भएकी हुन्।
नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख भण्डारी र राज्य मन्त्रीहरुलाई मुख्यमन्त्री सिंहले पद तथा गोपनीयताको शपथ गराएका हुन्।
जनमत पार्टीको भागमा परेको वन तथा वातावरण मन्त्रालय तत्काल मुख्यमन्त्री सिंहले नै सम्हाल्नेछन्। केही दिनपछि उक्त मन्त्रालयमा मन्त्री तोकिने जनमतका सचिव विपी साहले जानकारी दिए।
*शीर्षक सम्पादन गरिएको