बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सोमबार मध्याह्न उनीहरूबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको हो।
प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताए।
यसैबीच सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सोमबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका थिए।