नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छ्न्।
बिहीबार बिहान बालुवाटार पुगेर पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार खनाल बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए।
भेटमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको हो।
प्रधानमन्त्री प्रचण्ड र खनालबीच आधा घन्टा कुराकानी भएको प्रेस सल्लाहकारी आचार्यले जानकारी दिए।