न्युरोडलाई साँघुरो बनाउन लागेको भन्दै त्यहाँका स्थानीय आन्दोलित भएका छन्।
काठमाडौं महानगरपालिकाले न्युरोड सडक क्षेत्रमा फुटपाथ बनाउनका लागि सडक काट्न थालेको थियो।
सोमबार न्युरोडका स्थानीयहरूले न्यूरोड गेटदेखि मानवसाङ्लो बनाएर महानगरको उक्त कदमप्रति विरोध जनाएका हुन्।
उनीहरूले ‘नयाँ सडक बचाऊँ’, ‘न्यूरोड साँघुरो गर्न पाइँदैन’ उल्लिखित ब्यानर प्रदर्शन गरेका छन्।
पढ्नुस्ः न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्दै काठमाडौं महानगर
न्यूरोड क्षेत्रमा अहिले ११ मिटर लम्बाइ कालोपत्रे सडक छ।
महानगरले दायाँबायाँ २.४ र २.६ मिटरको फुटपाथ छ। सो फुटपाथ साढे एक मिटर बढाएर स्तरोन्नतिको काम गर्न थालेको थियो।
तर सडक विभागले समन्वयबिना नै न्युरोडको सडक काट्न लागेको भन्दै महानगरको उक्त काममा रोक लगाएको थियो।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा गरेको क्रियाकलाप कानुनसम्मत नभएको बताएका थिए।
त्यसकारण पनि सडक विभागले रोकेको मन्त्री महासेठले बताएका थिए।
तस्बिरहरूः