प्रतिनिधि सभाको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारी प्रकरणमा लागेका आरोपबारे प्रष्टीकरण दिएका छन्।
आइतबार साँझ साढे ६ बजे बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री लामिछानेले सहकारी प्रकरणमा लागेका आरोपबारे बोलेका हुन्।
उनले आफू कुनै पनि सहकारी घोटालामा नलागेको र आफ्नो नाममा भनेर ऋण प्रवाह भएको भनिएको सहकारीमा आफू संचालक समिति, सदस्य समेत नभएको बताए।
उनले मिडियामा आएकै भरमा संसदीय छानबिन समिति बनाउने भए नेपाली कांग्रेसकै कतिपय सांसदहरूका समाचारहरू पनि आएको र त्यसबारे पनि छानबिन गर्न तयार हो भनेर प्रश्न गरेका छन्।
यस्तै उनले आफूलाई डेढ वर्ष प्रधानमन्त्री बन्ने अफर आएको भन्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लक्षित प्रश्नसमेत गरेका छन्।
उनले प्रधानमन्त्री बन्न गरेको अफर अझै बाँकी छ कि एक्सपायर भयो भनेर प्रश्न गरेका हुन्।
गृहमन्त्री लामिछानेले विभिन्न मुद्दामा बोलेर सकेपछि कांग्रेसले संसदमा उभिएर विरोध जनाएको थियो। बोल्नलाई कांग्रेसले समय माग गरे पनि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन्।
सभामुख घिमिरेले सोमबार बिहान ११ बजेका लागि बैठक स्थगित गरेका छन्।
तस्बिरहरू: