राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आ.वि. मा रहेको मतदान स्थलमा मतदान गरेका छन्।
शनिबार बिहान माङसेबुङ-२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा लिम्बूले पहिलो मतदान गरेका हुन्।
लिम्बू माङ्सेबुङ-२ कै स्थानीय हुन्।
सोही मतदानस्थलको ‘क’ केन्द्रमा इलामका जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राईले समेत मतदान गरे।
उम्मेदवार लिम्बू र जिसस प्रमुख राईले मतदान गर्नु भएको मतदानस्थलमा १ हजार २०७ जना मतदाता छन्। जसमध्ये ‘क’ केन्द्रमा ५५८ र ख केन्द्रमा ६१८ जना मतदाता छन्।
इलाम-२ मा एमालेबाट सुहाङ राई नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का लगायत १९ उम्मेदवार छन्।
आज बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ।