नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट कैलाश चाैधरीले सुदूरपश्चिम सरकारकाे भाैतिक पूर्वाधार विकास मन्त्रीकाे पद तथा गाेपनीयताकाे शपथ लिएका छन्।
बिहीबार राती साढे ९ बजेतिर प्रदेश प्रमुख नाजिर मियाँले चाैधरीलाई पद तथा गाेपनीयताकाे शपथ गराएका हुन्।
यसअघि नाउपाका रञ्जिता चौधरी समर्थक सांसदहरू आफूहरूलाई बिना मन्त्रालय मन्त्रीकाे जिम्मेवारी दिइएको भन्दै मुख्यमन्त्री दीर्घ सोडारीको शपथ ग्रहण कार्यक्रमबाट बाहिरिएका थिए।
एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका सांसदहरूले उनीहरूसँग कुरा गरी सहमति भएपछि कैलाश चौधरी मन्त्रीकाे शपथ ग्रहणका तयारी भएका हुन्।
नागरिक उन्मुक्तिबाटै थप एक जनालाई मन्त्री बनाउने तयारी सत्ता गठबन्धनकाे छ।
बिहीबार साँझ प्रदेश प्रमुख नाजिर मियाँले नवनियुक्त मुख्यमन्त्रीका रूपमा दीर्घ साेडारीलाई पद तथा गाेपनीयताकाे शपथ गराएका थिए। नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्रका १ र एकीकृत समाजवादी पार्टीका ४ जना सांसदको लिखित सर्मथन साेडारी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।