नेकपा (एमाले) कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन्।
नयाँ नेतृत्वका लागि बुधबार बिहान मतदान भएको थियो।
बुधबार अपराह्न सकिएको मतगणनाअनुसार क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन्।
क्षेत्रीले ५५१ मत ल्याए भने उनका प्रत्यासी माधव बास्तोलाले २४७ मत ल्याए।
अध्यक्षमा निर्वाचित भएका क्षेत्री स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षका हुन्। बास्तोला उपमहासचिव पृथ्वीसुब्बा गुरूङनिकट हुन्।
उपाध्यक्षमा भेषराज बराल निर्वाचित भए भने सचिवमा दर्शन लामा विजयी भएका छन्। दुवै अध्यक्ष क्षेत्री प्यानलका हुन्।
साथै उपसचिवमा लालबहादुर परियार र सन्तु सुवेदी निर्वाचित भएका छन्।
दुई वर्षअघि भएको अधिवेशनमा पृथ्वीसुब्बा पक्षका मनबहादुर गुरूङ अध्यक्ष निर्वाचित भएका थिए। गण्डकी प्रदेश कमिटीमा पृथ्वीसुब्बा पक्षको प्यानलनै निर्वाचित छन् ।
एमाले कास्कीको अधिवेशनले १ सय २० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।