प्रतिनिधि सभाबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो पटक विश्वासको मत पाएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठक सुरू हुनेबित्तिकै सदन समक्ष प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका थिए।
त्यसपछि विभिन्न दलका नेताहरूले प्रधानमन्त्री प्रचण्डको प्रस्तावको पक्ष र विपक्षमा धारणा राखेका थिए।
लगत्तै मत विभाजनको प्रक्रिया सुरू भएको थियो।
मत विभाजनपछि खाली समयमा सांसदहरूबीच कानेखुसी चल्यो।
रोचक दृश्य त नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीचको कानेखुसी गरेको देखियो। पछिल्लो समय अध्यक्षद्वय सम्बन्ध सुधारको क्रममा छन्।
यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग पनि नेपाली कांग्रेसका सांसदहरूले कानेखुसी गरेका थिए।
तस्बिरहरू: