राष्ट्रिय सभा अध्यक्ष पदमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ।
शर्मा नेपाली कांग्रेसबाट उम्मेदवार थिए। उनलाई लोसपाले साथ दिएको थियो।
निर्वाचनमा ५६ जना सांसद सहभागी रहेका थिए।
प्रस्तावका पक्षमा १७ मत परेको र विपक्षमा ३९ मत परेको राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले बैठकलाई जानकारी गराएकी छन्। शर्माका पक्षमा कांग्रेसका १६ र लोसपाका १ थिए।
राष्ट्रिय सभामा सत्ता गठबन्धनका तर्फबाट माओवादीका नारायणप्रसाद दाहाल पनि उम्मेदवार छन्।