नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन्।
बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेसँगै उनले सिंहदरबारमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्दै उनले नेपालले कूटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताए।
उनले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ गर्न, उन्नत बनाउने प्राथमिकताका साथ काम गर्ने बताए।
'सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा मेरो भूमिका रहनेछ,' उनले भने, 'वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरूको रक्षा गर्ने कुरा मेरो कार्यभारका रूपमा लिएको छु।'
उनले गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालको विकासका निम्ति परिचालित गर्न प्रोत्साहित गर्ने पनि बताए।
कूटनीतिक आचारसंहिताको कार्यान्वयनमा आफूले विशेष जोड दिने पनि उनले बताए।
नेपालको राष्ट्रिय हित अनुकूल हुने वैदेशिक रकम मात्रै स्वीकार गर्ने बताउँदै उनले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।
-1709748873.jpg)
-1709741808.jpg)