जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी हुने भएको छ।
केन्द्रीय कार्यकारिणी समितिको सोमबार बसेको बैठकले पार्टी संघीय सरकारमा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउन मंगलबार पार्टी कार्यालय बालकुमारीमा दिउँसो ४ बजे बैठक बस्ने उनले बताए।
यो पनि पढ्नुहोस्- सत्ता गठबन्धनका चार दलबीच ८ बुँदे सहमति