नयाँ गठबन्धनबारे जनमत पार्टी अनिर्णित बनेको छ।
नयाँ गठबन्धनबारे धारणा तय गर्न सोमबार दिउँसो सचिवालय बैठक बसेको थियो।
बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको जनमत पार्टीका सचिव बिपी साहले जानकारी दिए।
‘मधेस प्रदेशबारे गठबन्धनको ठोस धारणा आएको छैन। त्यहाँ एक वर्ष सरकारमा रहँदा गठबन्धनबाट हामीप्रति सकारात्मक व्यवहार भएन। संघीय सरकारमा पनि गठबन्धनको व्यवहार त्यस्तै रह्यो। मधेस प्रदेशबारे गठबन्धनको नेतृत्व निष्कर्षमा पुगेपछि मात्रै हामीले धारणा तय गर्नुपर्छ भनेर छलफल भयो। आजको बैठकले कुनै निचोड निकाल्न सकेन,’ सचिव साहले भने।
नयाँ गठबन्धनअनुसार सानो आकारको मन्त्रिपरिषद् बन्दैछ। सोमबार माओवादी केन्द्रबाट हितबहादुर गुरूङ, नेकपा (एमाले)बाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डोलप्रसाद अर्याल (डिपी) मन्त्री बन्दैछन्।
जनता समाजवादी पार्टी (जसपा)ले सोमबार नाम नपठाएको केन्द्रीय कार्यकारिणी सदस्य मनिषकुमार सुमनले बताए।