नेपाली कांग्रेसको ललितपुर गोदावरीमा भएको महासमितिको बैठकमा पेश भएका चार प्रस्ताव पारित भएका छन्।
बिहीबार अपराह्नमा महासमितिको बैठकले चार वटा प्रस्तावलाई सर्वसम्मत पारित गरेको हो।
बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले सांगठनिक, महामन्त्री
विश्वप्रकाश शर्माले समसामयिक राजनीति र लेखासमिति संयोजक श्याम घिमिरेले पार्टीको आर्थिक प्रस्ताव पेश गरेका थिए।
ती चारैवटा प्रस्तावलाई हलमा सहभागी महासमिति सदस्यहरूले ताली बजाएर पारित गरेका हुन्।
अब ती प्रस्तावहरू केन्द्रीय समितिले अनुमोदन गर्नेछ। यी प्रस्तावहरू पारित भएसँगै समापन सत्र सुरू भएको छ। समापन सत्रमा शीर्ष ननेताहरूले संबोधन गर्नेछन्।