नेकपा (एमाले) केन्द्रीय कमिटीको सातौं पूर्ण बैठक सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले धारणा राखिरहेका छन्।
आजदेखि सुरू एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय हित र जनसरोकारका विषयमा, जनपरिचालन र दबाब दिने विषयमा कार्ययोजना तयार गर्ने जनाएको छ।
महासचिव शंकर पोखरेलका अनुसार सातौं केन्द्रीय कमिटी बैठकमा संगठनात्मक कामको प्रतिवेदन प्रस्तुत हुनेछ।
पार्टीका नेता कार्यकर्ता र पार्टीबाट निर्वाचित जनप्रतिनिधिमा गम्भीर विचलन देखापरेको भन्दै एमालेको सचिवालयको छैठौं बैठकले संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको थियो। केन्द्रीय कमिटी बैठकले यसबारे ठोस कार्ययोजना बनाउने महासचिव पोखरेलले बताए।
मिसन ग्रासरूट अभियानपछि पार्टीको ११ बुँदे वार्षिक कार्ययोजना तर्जुमा गरेको केन्द्रीय कमिटी बैठकमा त्यसको समीक्षा प्रतिवेदन प्रस्तुत गरिने उनले बताए।
त्यस्तै, मंसिर १४ देखि पुस २ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म ‘समृद्धिका लागि संकल्प यात्रा’ गरेको र यात्राका क्रममा नागरिकस्तरबाट आएको सुझावमा आधारित रहेर मध्यपहाडी क्षेत्रको विकासको सम्भावनाबारे पनि केन्द्रीय कमिटीले दृष्टिकोण तय गर्ने कार्यसूची रहेको पोखरेलले बताए।
यस्तै, पार्टीमा प्रवेश गरेका र अधिवेशनपछि जिम्मेवारीबाट बिदा भएका कार्यकर्ताहरूको व्यवस्थापनको विषय पनि केन्द्रीय कमिटी बैठकको एजेण्डा छ।
तस्बिरहरू:
![yemale-baithak-(2)-1708410378.jpg](https://www.setopati.com/uploads/posts/yemale-baithak-(2)-1708410378.jpg)
![yemale-baithak-(1)-1708410378.jpg](https://www.setopati.com/uploads/posts/yemale-baithak-(1)-1708410378.jpg)
![yemale-baithak-(5)-1708410381.jpg](https://www.setopati.com/uploads/posts/yemale-baithak-(5)-1708410381.jpg)
![yemale-baithak-(3)-1708410379.jpg](https://www.setopati.com/uploads/posts/yemale-baithak-(3)-1708410379.jpg)
![yemale-baithak-(4)-1708410379.jpg](https://www.setopati.com/uploads/posts/yemale-baithak-(4)-1708410379.jpg)
![yemale-baithak-(7)-1708410382.jpg](https://www.setopati.com/uploads/posts/yemale-baithak-(7)-1708410382.jpg)
![yemale-baithak-(8)-1708410382.jpg](https://www.setopati.com/uploads/posts/yemale-baithak-(8)-1708410382.jpg)
![yemale-baithak-(6)-1708410381.jpg](https://www.setopati.com/uploads/posts/yemale-baithak-(6)-1708410381.jpg)
![yemale-baithak-(10)-1708410384.jpg](https://www.setopati.com/uploads/posts/yemale-baithak-(10)-1708410384.jpg)
![yemale-baithak-(9)-1708410383.jpg](https://www.setopati.com/uploads/posts/yemale-baithak-(9)-1708410383.jpg)
![yemale-baithak-(11)-1708410385.jpg](https://www.setopati.com/uploads/posts/yemale-baithak-(11)-1708410385.jpg)