राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयका निमित्त उपकुलपति शिवलाल भुसाललाई तत्काल पदबाट हटाउनुपर्ने बताएकी छन्।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले निमित्त उपकुलपतिले विभिन्न पदमा नियुक्ति गरेकोले उनलाई पदबाट हटाउनुपर्ने बताइन्।
यो पनि: शिक्षा समितिले भन्यो- विवादित व्यक्तिहरू त्रिवि उपकुलपति सर्टलिस्टमा परे, पुनर्विचार गर्नू
‘त्रिविको कार्यवाहक उपकुलपतिले क्षेत्राधिकार मिचेर अहिले जति सक्छु, भागबन्डा गर्छु भन्ने ध्येयले काम गर्छ भने त्यो मानिस त्रिविको उपकुलपति हुन लायक भएन,’ उनले भनिन्, ‘उसलाई अहिले हटाउनुपर्यो। त्यस्तो मानिस त्रिवि उपकुलपतिको सर्टलिस्टबाट पनि हट्नुपर्यो।’
भिडिओ: