लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आह्वान गरिएको छ। फागुन १८ गते शुक्रबार दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको हो।
मन्त्रिपरिषदको निर्णयपछि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुख अमिश शेरचनलाई बैठक आह्वानका लागि सिफारिस गरेका थिए। सोहीबमोजिम प्रदेश प्रमुखले फागुन १८ गते हिउँदे अधिवेशन आह्वान गरेका हुन्।
शेरचनले दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताए।