कोशी प्रदेशमा नेकपा (एमाले) की रूक्मिणी कोइराला विजयी भएकी छन्। उनले ५ हजार ८६ मत प्राप्त गरेकी छन्। उनको प्रतिस्पर्धी चम्पादेवी कार्कीले ४ हजार ९९२ मत पाएकी पाएकी छन्।
कार्की माओवादी केन्द्रबाट सत्ता गठबन्धनको उम्मेदवार भएकी थिइन्।
राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका मतदाताले 'फ्लोर क्रस' गरेसँगै एमालेकी कोइराला विजयी भएकी हुन्।
स्थानीय तहमा सत्तागठबन्धनका १७ जना जनप्रतिनिधि र प्रदेशमा तीन जना सांसदले 'फ्लोर क्रस' गरेको पाइएको छ।
राष्ट्रिय सभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाले तालमेल गरेका थिए।
तालमेल गर्दा पनि निर्वाचित हुने मतभार यो गठबन्धनको पक्षमा थिएन। तर सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएकी कोइरालाले ९४ मत अन्तरले कार्कीलाई पराजित गरेकी हुन्।