नेपाल भारत संयुक्त आयोगको सातौं बैठक सकिएको छ।
दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरेका थिए।
बैठकमा दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध, व्यापार कनेक्टिभिटी र राजनीतिक सम्बन्धलगायत विषयमा छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए।
बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्युत सम्झौतामा हस्ताक्षर भएको थियो।
सिंहदरबारमा ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका ऊर्जासचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहानै काठमाडौं आएका थिए।
मन्त्री जयशंकरले बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका थिए।