नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कांग्रेसले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो।
कार्यक्रममा लोकतन्त्र प्राप्तिका लागि पटक-पटक आन्दोलनमा योगदान गरेका, बृहत् शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका लागि नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका शीर्ष नेता उपस्थित थिए।
तस्बिरहरू: