नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले गुटका नाममा नेताहरूबीच आफैंमा बाझ्ने काम गर्न नहुने बताएकी छन्।
सानेपामा शनिबार भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले गुटका नाममा नेताहरू बाझ्दा पार्टीलाई क्षति पुगिरहेको बताइन्।
‘यो वा त्यो गुटका नाममा नेताहरू आफ्नै पार्टीभित्र बाझ्दा यसले राम्रो सन्देश दिइरहेको छैन,' उनले भनिन्, 'आफैँबीच बेमेल हुँदा जहिले पनि भोट काटिइरहेको छ, गुटका नाममा नबाझौं।'
उनले पार्टीभित्र फरक मत राख्न पाइने बताइन्। तर फरक मत गुटका भेला गरी नराख्न र बैठकहरूमै राख्न पनि उनको आग्रह छ।
फरक प्रसंगमा उनले बालकुमारीमा शुक्रबार भएको घटनाको जिम्मेवार दलहरू नै भएको बताइन्। उनले निराशाको भास्य नबनाउन पनि आग्रह गरेकी छन्।
उनले राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार तय गर्दा देशको नेतत्व गर्न सक्ने अनुभवीलाई अवसर दिइनुपर्ने बताइन्।