महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा (एमाले) का लक्ष्मी महतो कोइरीको सांसद पद निलम्बन फुकुवा भएको छ।
गत वैशाख १९ गते कोइरीलाई प्रतिनिधि सभा सांसदबाट निलम्बन गरिएको थियो।
कर्तव्य ज्यानलगायत मुद्दामाथि कोइरीलाई महोत्तरी जिल्ला अदालतले सफाइ दिएपछि सभामुख देवराज घिमिरेले सांसद पद निलम्बन फुकुवा गरेका हुन्।
संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सभामुख घिमिरेले कोइरीको सांसद पद निलम्बन फुकुवा गरेको आइतबार जारी गरेको सूचनामा उल्लेख छ।