राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनियुक्त केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्।
महोत्तरीमा मंसिर ११, १२ र १३ गते चलेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकका बेला केन्द्रीय सदस्य थप गर्ने निर्णय भएको थियो।
रास्वपाले पार्टीका सबै सांसदहरूलाई केन्द्रीय सदस्य बनाएको थियो। रास्वपामा अहिले २० जना सांसद छन्। यीमध्ये ६ जना पहिलादेखि नै केन्द्रीय सदस्य थिए। अब रास्वपामा ६५ सदस्यीय केन्द्रीय समिति बनेको उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले जानकारी दिए।
नयाँ थपिएकामध्ये बुधबार १७ जनाले शपथ लिएका हुन्। बाँकीलाई पछि शपथ खुवाउने तयारी छ।
साथै महोत्तरीको जलेश्वरमा भएको बैठकले रास्वपाले १२ सदस्यीय पनि गठन गरेको थियो।
नवनियुक्त केन्द्रीय सदस्यहरूलाई बुधबार केन्द्रीय कार्यालय च:मतिमा शपथ खुवाइएको छ। सभापति रवि लामिछानेले शपथ खुवाएका हुन्। केही केन्द्रीय सदस्यले मातृभाषामा पनि शपथ लिएका थिए।
शपथका बेला केन्द्रीय सदस्यहरूलाई 'एक घर, एक विरूवा' कार्यक्रमअन्तर्गत एक-एक वटा विरूवासमेत दिइएको थियो।
तस्बिरहरू:
-1701862034.jpg?timestamp=1701862071029)
-1701862034.jpg?timestamp=1701862071029)
-1701862033.jpg?timestamp=1701862071029)
-1701862033.jpg?timestamp=1701862071029)
-1701862033.jpg?timestamp=1701862071029)
-1701862032.jpg?timestamp=1701862071029)
-1701862032.jpg?timestamp=1701862071029)
-1701862031.jpg?timestamp=1701862071029)
-1701862031.jpg?timestamp=1701862071029)
-1701861837.jpg?timestamp=1701862071029)
-1701861837.jpg?timestamp=1701862071029)
-1701861836.jpg?timestamp=1701862071029)
-1701861836.jpg?timestamp=1701862071029)
-1701861836.jpg?timestamp=1701862071029)
-1701861835.jpg?timestamp=1701862071029)
-1701861835.jpg?timestamp=1701862071029)