नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन्।
सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा ओखलढुंगाका बालकृष्ण दाहाललाई नियुक्त गरेका हुन्।
यस्तै सभापति देउवाले नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा कपिलवस्तुका मेघराज टण्डन र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थलाई नियुक्त गरेका छन्।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार म्याद समाप्त भई स्वतः विघटन भएका तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरिएको हो। सभापति देउवाले गत मंसिर १२ गते उनीहरूलाई भ्रातृ संस्था अध्यक्षमा नियुक्त गरेका थिए।